कर लगाउने र सेवामा बाधा पार्ने कामतर्फ दूरसञ्चारकाे ध्यानाकर्षण

 माघ १९, २०७९ बिहीबार ७:४९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न निकायबाट कर लगाउने तथा दूरसञ्चार सेवामा बाधा पार्ने काम भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक सूचना निकालेर प्राधिकरणले नेपालको संविधान, २०७२ को अनुसूची ५ मा दूरसञ्चार सेवा संघको अधिकार क्षेत्रमा पर्ने उल्लेख भएको तर विभिन्न निकायबाट दूरसञ्चार सेवामा विभिन्न किसिमका करहरू लगाउने, दूरसञ्चार  सेवामा  बाधा  पर्ने  किसिमका  कार्यहरू  गर्ने  तथा  यसका  पूर्वाधारमा  हानि/नोक्सानी  पुर्याउने  गरी  भइरहेकाे जनाएको हो ।

साथै प्राधिकरणले दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्तिमा हानि/नोक्सानी पुर्याउने काम दूरसञ्चार ऐन, २०५३ अनुसार दण्डनीय भएको जनाएको छ । इन्टरनेट सेवा अवरोध हुँदा इन्टरनेटमा आधारित अन्य सेवाहरूमा समेत अवरोध हुने भएकाले प्राधिकरणले गैह्रकानुनी काम नगर्न र नगराउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

साथै दूरसञ्चार  पूर्वाधारमा हानि/नोक्सानी पुर्याउने काम भएको पाइएमा नजिकको प्रहरीचौकी वा प्राधिकरणलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया