उज्यालो समाचार प्रभाव : वर्षाैँदेखि उपयोगविहीन फाप्लु विमानस्थल प्रवेशद्वार सञ्चालन

 माघ १९, २०७९ बिहिबार १५:४०:९ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – वर्षाैँदेखि उपयाेगविहीन बनेकाे सोलुखुम्बुको फाप्लु विमानस्थलको प्रवेशद्वार सञ्चालनमा आएको छ । २०७७ सालमा निर्माण गरिएको विमानस्थल प्रवेशद्वार आज (बिहीवार) देखि सञ्चालनमा आएको नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुले जनाएको छ ।

विमानस्थल भित्रिने र बाहिरिने गरी बनाइएको मार्ग सञ्चालन नहुँदा हवाई यात्रु साँघुरो मार्ग प्रयोग गर्न बाध्य बनेका थिए । याे प्रवेशद्वार नेपाल नागरिक उड्डयन प्राधिकरणले आठ करोड ७८ लाख रुपैयाँमा निर्माण गरेको हो ।

विमानस्थल प्रवेशद्वार वर्षाैँदेखि उपयोगविहीन बनेकोसम्बन्धी समाचार गएकाे पुस १२ गते उज्यालोले प्रसारण तथा प्रकाशन गरेको थियो । उज्यालोले प्राथमिकताका साथ विषय उठाएसँगै प्राधिकरण प्रवेशद्वार सञ्चालनमा ल्याउन बाध्य भएको स्थानीय पदम श्रेष्ठले बताउनुभयाे । प्रवेशद्वार सञ्चालनमा आएसँगै हवाई यात्रुलाई विमानस्थल प्रवेश गर्न तथा बाहिरिन सहज हुने अपेक्षा गरिएको छ ।

यसअघि नयाँ प्रवेशद्वार प्रयोगविहीन बनाएर सुरक्षाकर्मी प्रवेश गर्ने साँघुरो मार्गलाई विमानस्थल प्रवेश गर्ने मार्ग बनाउँदा बिरामीलाई धवनमार्ग लैजाँदा स्टेचर छिराउनसमेत समस्या रहेको फेराका कान्छाबहादुर विश्वकर्माले बताउनुभयाे । अहिले त्याे समस्या समाधान भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया