अस्ट्रेलियाले आफ्नो नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने

 माघ १९, २०७९ बिहीबार १८:३२:३१ | एजेन्सी
unn.prixa.net

अस्ट्रेलियाले आफ्नो नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने घोषणा गरेको छ । अस्ट्रेलियाको केन्द्रीय बैंकले बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अङ्कित अस्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने जनाएको छ ।

केन्द्रीय बैंककाे यो निर्णयसँगै अघिल्लो वर्ष राजसिंहासन सम्हाल्नुभएका बेलायतका राजा चार्ल्स तृतीयको फोटो नोटमा छापिने छैन । नोटबाट राजाहरूको फोटो हटाउने निर्णयको अर्थ अस्ट्रेलियाको कुनै पनि कागजी मुद्रामा राजसंस्था प्रमुख रहने छैनन् । नयाँ नोट छापिन भने केही वर्ष लाग्नेछ ।

यसअघि गएको सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधन भएपछि राष्ट्राध्यक्षको सम्मानमा अस्ट्रेलियाले राष्ट्रिय शोकको घोषणा गरेकामा केही आदिवासी समूहले त्यसको विरोध गरेका थिए । विरोधका क्रममा उनीहरूले राजतन्त्रको उन्मूलनका निम्ति आह्वान गरेका थिए । यसले संवैधानिक राजतन्त्रको भविष्यबारेको बहसलाई पुनः सतहमा ल्याएको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया