अत्यधिक रक्तश्रावका कारण सोलुखुम्बुमा सुत्केरीको ज्यान गयो

 माघ २०, २०७९ शुक्रबार १८:४६:२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - अत्यधिक रक्तश्रावका कारण सोलुखुम्बुमा एक सुत्केरीको ज्यान गएको छ । सोताङ गाउँपालिका-५ की ३० वर्षीया गंगा बस्नेतकाे रक्तश्रावका कारण ज्यान गएकाे जिल्ला अस्पताल फाप्लुले जनाएको हाे ।

अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बिहीवार हिजाे सोताङ प्राथमिक अस्पतालमै अप्रेशनमार्फत् शिशु जन्माएकी बस्नेतको रक्तश्राव नरोकिएपछि राति नै जिल्ला अस्पताल फाप्लु ल्याइँदै गर्दा बाटाेमै ज्यान गएको बताउनु भयाे ।

‘ओ नेगेटिभ' रगत आवश्यक परेपछि सुत्केरीलाई जिल्ला अस्पताल फाप्लु रेफर गरिएकाे थियो । महाकुलुङ प्राथमिक अस्पतालको एम्बुलेन्समार्फत् राति नै सोताङबाट फाप्लु ल्याइए पनि बस्नेतको निरन्तर रक्तश्राव भएपछि बाटाेमै ज्यान गएको शेर्पाले बताउनु भयाे ।

समयमा रगत दिन सकेको भए सुत्केरीको ज्यान बचाउन सकिने जिल्ला अस्पताल फाप्लुले जनाएको छ । शिशुको अवस्था भने सामान्य रहेकाे छ । 

अन्तिम अपडेट: माघ २३, २०७९

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया