चिलीका दर्जनौँ जङ्गलमा डढेलाे : २३ जनाको ज्यान गयो, ९ सय जनाभन्दा धेरै घाइते

 माघ २२, २०७९ आइतबार ८:४२:५२ | एजेन्सी
unn.prixa.net

चिलीका दर्जनौँ जङ्गलमा लागेको डढेलोका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ । राजधानी सान्टियागोबाट झण्डै ५ सय किलोमिटर टाढा रहेको सान्ता जुआना सहरमा अग्नि नियन्त्रकसहित ११ जनाले ज्यान गुमाएका छन् । आगो फैलन नदिन अर्जेन्टिना र ब्राजिलका ६३ वटा विमानले प्रयास गरेका छन् ।

आपत्कालीन सहयोगमा पुगेको हेलिकप्टर समेत दुर्घटना भएको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिनुभएको छ । पछिल्लो विवरण अनुसार विभिन्न ठाउँमा भएको आगलागीमा परि ९ सय ७९ जना मानिस घाइते भएका छन् ।

आगलागी भएका क्षेत्रका ११ सयभन्दा धेरै मानिसलाई सुरक्षित आश्रयस्थलमा राखिएको समाचार संस्था रोयटर्सले जनाएको छ । सरकारले डढेलो लागेका क्षेत्रमा आपत्कालीन आदेश जारी गरेको छ । आगो निभाउन थप सेना परिचालन गरिएको छ । गर्मीको लहरले आगो निभाउने प्रयास थप जटिल बनाएको छ । त्यहाँको मौसम विभागले अझै केही दिन स्थिति थप बिग्रने चेतावनी दिएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया