इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र टोटनह्याम तथा नटिङ्घम र लिड्स खेल्दै

 माघ २२, २०७९ आइतबार १०:११:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज म्यानचेस्टर सिटी र टोटनह्याम तथा नटिङ्घम फरेस्ट र लिड्स युनाइटेडबीच खेल हुनेछ । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे नटिङ्घम फरेस्ट र लिड्स खेल्दैछन् ।

२० खेलमा २१ अङ्क रहेको नटिङ्घम अङ्क तालिकाको १४औँ स्थानमा र १९ खेलमा १८ अङ्क रहेको लिड्स १७औँ स्थानमा छ । त्यस्तै आजको अर्को खेलमा नेपाली समय अनुसार राति सवा १० बजे म्यानचेस्टर सिटी र टोटनह्यामबीच खेल हुनेछ ।

सिटी २० खेलमा ४५ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । टोटनह्याम २१ खेलमा ३६ अङ्ककासाथ पाँचौँ स्थानमा छ । हिजो भएको खेलमा शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजित भएको थियो । शीर्षस्थानमा कायमै रहेको आर्सनलको २० खेलमा ५० अङ्क छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया