लुम्बिनीकाे मुख्यमन्त्रीमा कांग्रेसका चाैधरीकाे दाबी पेस
चैत १२, २०७९ आइतबार
काठमाण्डाै - सिरहामा ४ लाख ३५ हजार रुपैयाँ नक्कली नाेटसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिवार हिजाे लहान नगरपालिका-८ बाट उनीहरुलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा लहान नगरपालिका-९ का ३० वर्षीय मोहम्मद ओसिन र वडा नम्बर १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् ।
उनीहरुको साथबाट नक्कली नोटसहित, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा १ हजार ५५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएकाे छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।