अमेरिकाले लडाकु विमान प्रयोग गरी चिनियाँ बेलुन खसाल्यो, चीनको असन्तुष्टि

 माघ २२, २०७९ आइतबार १०:४४:४५ | एजेन्सी
unn.prixa.net

अमेरिकाले आफ्नो देशको महत्त्वपूर्ण सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको एउटा ठूलो चिनियाँ बेलुनलाई खसालेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले लडाकु विमान प्रयोग गरी समुद्री क्षेत्रमा बेलुन खसालेको जनाएको छ । राष्ट्रपति जो बाइडेनले बेलुन खसाल्न अनुमति दिनुभएको थियो । साउथ क्यारोलिनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बेलुनलाई गोली हानेर खसाल्ने पाइलटहरूलाई राष्ट्रपति बाइडेनले बधाई दिनुभएको छ ।

यसअघि चीनले मौसम अवलोकनका लागि छाडिएको बेलुन बाटो बिराएर पुगेको जनाएको थियो । अमेरिकाले बेलुन खसालेकोमा चीनले असन्तुष्टि जनाएको बीबीसीले जनाएको छ । अमेरिकी हवाई क्षेत्रमा बेलुन देखिएपछि अस्ति शुक्रवार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीनको भ्रमण स्थगित गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया