टर्कीमा भूकम्प : प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

 माघ २३, २०७९ सोमबार १३:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परि नागरिकको ज्यान गएकाे घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली नागरिककाे तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्थानीय समयअनुसार आज बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया