६ महिनामा ५ खर्ब ८५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, पुनः श्रम स्वीकृति लिने घटे

 माघ २३, २०७९ सोमबार १६:३२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – चालु आर्थिक वर्षकाे छ महिना साउनदेखि पुससम्म रेमिट्यान्स २४ प्रतिशतभन्दा धेरैले बढेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार छ महिनामा रेमिट्यान्स २४ दशमलव ३ प्रतिशतले बढेर पाँच खर्ब ८५ अर्ब आठ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको छ महिनामा रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो ।

यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६४ दशमलव ६ प्रतिशतले वृद्धि भई दुई लाख ७५ हजार छ सय ४३ जना पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या साउनदेखि पुससम्म साढे नौ प्रतिशतले बढेर एक लाख ४२ हजार पाँच सय ४८ जना पुगेको छ । अघिल्लो वर्षको छ महिनामा यस्तो सङ्ख्या दुई सय ९८ प्रतिशतले बढेको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया