आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

 माघ २३, २०७९ सोमबार १६:५९:४१ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रेस स्वतन्त्रताविना लाेकतन्त्र पूर्ण नहुने बताउनुभएकाे छ । आज साेमवार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै नेता काेइरालाले लोकतन्त्रविना विकास सम्भव नहुने भन्दै प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्त्वपूर्ण भएको बताउनुभयो ।

‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ’, उहाँले भन्नुभयो, ‘सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।’

कुराकानीकै क्रममा नेता काेइरालाले कांग्रेस सरकारमा सहभागी नहुने बताउनुभयाे । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने नेता कोइरालाले स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।’

राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उहाँको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया