प्रधानमन्त्री प्रचण्ड र यूएसएआईडी प्रमुख पावरबीच भेटवार्ता

 माघ २५, २०७९ बुधबार १९:१३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ । 

बुधवार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो । भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको थियो । 

यसअघि पावरले उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरिसक्नुभएको छ । उहाँले मङ्गलवार परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरिसक्नुभएको छ । 

दुई दिने नेपाल भ्रमणमा मङ्गलवार काठमाण्डाै आइपुग्नुभएकी पावरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ता सकेर उहाँ आजै स्वदेश फर्किनुहुनेछ ।

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया