टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार नाघ्याे

 माघ २५, २०७९ बुधबार १९:५९:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : सिन्ह्वा

काठमाण्डौ – टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ । दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधवार दिउँसो सार्वजनिक गरेको तथ्याङ्कमा ज्यान गुमाउनेको सङ्ख्या ११ नाघेको उल्लेख छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पबाट आठ हजार पाँच सय ७४ जनाको ज्यान गएको छ । यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएका जनाएको थियो । 

यसैगरी सिरियामा कम्तीमा एक हजार दुई सय ५० जनाको ज्यान जानुका साथै दुई हजार ५४ जना घाइते भएका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा एक हजार दुई सय ८० जनाको ज्यान जानुका साथै दुई हजार ६ सय भन्दा धेरै जना घाइते भएका उद्धारकर्मीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७ दशमलव८ म्याग्निच्युड र त्यसकाे केही घण्टापछि ७ दशमलव ५ म्याग्निच्युडकाे भूकम्प गएकाे थियाे । 

टर्की र सिरियामा सोमवार गएको दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिको खोजीका लागि समय र कठ्याङ्ग्रिँदो जाडोको सामना गरिरहेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

यसै क्रममा ८२ सदस्यीय चिनियाँ उद्धार टोली चार्टर्ड विमानबाट आठ हजार किलोमिटरभन्दा बढी उडेर टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधवार अदाना विमानस्थलमा आइपुगेको छ । 

चिनियाँ उद्धार टोलीका उपप्रमुख वाङ मोले भन्नुभयो, ‘टोलीले अडियो र भिडियो लाइफ डिटेक्टर, मेडिकल सामग्री र तालिम प्राप्त कुकुरलाई विपद् क्षेत्रमा ल्याउनेछ र तत्काल खोजी तथा उद्धार कार्य सुरु गर्नेछ ।’

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tilak DARLAMI

    Feb. 8, 2023, 8:35 p.m.

    दुःखद् खबर मृत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली

  •  0 Reply

तपाईको प्रतिक्रिया