तनहुँमा बाख्रा फर्ममा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरकाे क्षति

 माघ २७, २०७९ शुक्रबार ८:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ - तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पामा रहेकाे कुमालटारी बाख्रा फार्ममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय चेतप्रसाद तिवारी, कुलप्रसाद तिवारी र विष्णु अम्गाईले सञ्चालन गरेको फार्ममा हिजाे बिहीवार दिउँसो आगलागी भएकाे हाे । आधुनिक बाख्राको खोर निर्माणका क्रममा विद्युत् सर्ट भएर आगलागी हुँदा फार्मकाे ८० प्रतिशतभन्दा बढी भाग जलेर नष्ट भएकाे छ । 

वडा अध्यक्ष ध्रुव लामिछानेका अनुसार फार्ममा करिब १ सय २० वटा बाख्रा र २ सय वटा कुखुरा पालिएकाे थियाे । खोरमा रहेका बाख्रालाई बाहिर निकालिएकाे तर केही कुखुरा मरेका उहाँले जानकारी दिनुभयाे । 

करिब दुई करोड रुपैयाँ लगानी रहेकाे फार्मलाई आधुनिक बनाउने क्रममा परालमा अचानक आगो सल्किँदा आगलागी भएकाे कुलप्रसाद तिवारीले बताउनु भयाे । ट्याङ्कर, बन्दिपुर गाउँपालिका र व्यास नगरपालिकाको दमकल, स्थानीय, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा करिब चार घण्टा पछि आगो निभाइएकाे थियाे ।

आगलागीबाट भएकाे क्षतिकाे पूर्ण विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ। 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया