पोखराको लेकसाइडमा रहेको लेकसाइड सेन्टरमा लागेको आगो निभ्यो

 माघ २८, २०७९ शनिबार १९:५४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पोखराको लेकसाइडमा रहेको लेकसाइड सेन्टरमा लागेको आगो तीन घण्टा पछि निभाइएको छ ।

दिउँसो पौने चार बजे लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले झण्डै तीन घण्टापछि निभाएको हो ।

आगो निभाउन पोखरा महानगरपालिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका दमकल र ट्याङकरको प्रयोग गरिएको थियो ।

लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज डिपार्टमेन्टबाट सुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित नासा ट्रेकिङ इकुप्मेन्ट सप, दोर्जेज बार एन्ड ग्रिल लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ ।

क्षतिको विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया