त्रिदेशीय क्रिकेट श्रृंखलामा आज नामिबिया र स्कटल्याण्ड खेल्दै

 फागुन ३, २०७९ बुधबार ७:३३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्ककप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबिया र स्कटल्याण्ड खेल्दैछन् । यो खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

हिजो भएको खेलमा नामिबिया घरेलु टोली नेपालसँग पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । श्रृंखलमा सहभागी तीन वटै टोलीले एक अर्कासँग समान २/२ खेल खेल्ने छन् ।

सात देश सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । नेपालले आउँदो शुक्रवार स्कटल्यान्डसँग, शनिवार नामिबियासँग र मङ्गलवार फेरि स्कटल्यान्डसँग खेल्नेछ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया