आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
दाङ – लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउँदैछ । लुम्बिनीको पहिलो प्रदेश सरकार २०७४ साल फागुन ३ गते बनेको थियो । प्रदेश स्थापना दिवसको अवसरमा सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले शून्य संरचनाबाट शुरु भएको प्रदेश स्थापनाको यो अवधिमा प्रदेश सभा र सरकारले केही गति लिएकाे अनुभूति हुन थालेको उल्लेख गर्नुभएको छ ।
लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग) रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया गरी १२ वटा जिल्ला छन् ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।