पोखरा म्याराथनकाे उपाधि केन्याली धावक स्टेफनलाई,  महिला हाफ म्याराथनमा प्रसाईंको ह्याट्रिक

 फागुन ६, २०७९ शनिबार १७:५८:२५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं सँस्करणको उपाधि केन्याली धावक स्टेफन काेस्गेइले जितेका छन् । १६ औं सस्करणको सफल पोखरा म्याराथन जितेका उनले यस वर्ष पनि उपाधि रक्षा गरेका छन् । केन्याली धावक काेस्गेइले २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दै पाँच लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे । उनले गएकाे वर्ष याे दुरी २ घण्टा १९ मिनेटमा पूरा गरेका थिए ।

दोस्रो स्थानमा केन्याली धावक जुलियस मोरियकीले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा दौड पूरा गरे । जुलियसले नगद ३ लाख रुपैयाँ प्राप्त गरे ।  तेस्रो स्थानमा भने नेपाली सेनाका धावक होमलाल श्रेष्ठ आए । उनले दुरी २ घण्टा २५ मिनेट १४ सेकेण्डमा पूरा गर्दै नगद २ लाख रुपैयाँ प्राप्त गरे । यस्तै केन्याली धावक सिमिओन किप्लागातले दुरी पूरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । उनले २ घण्टा २९ मिनेट ३५ सेकेण्डमा दुरी पूरा गर्दै ३० हजार रुपैयाँ प्राप्त गरे । 

यस्तै, महिला तर्फको हाफ म्याराथनको उपाधि राजपूरा प्रसाईंले उचाल्दै पोखरामा ह्याट्रिक गरिन् । महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने उनी पहिलो धाविका समेत हुन् । राजुपूराले १ घण्टा २३ मिनेट ०६ सेकेण्डमा पूरा गर्दै नगर १ लाख ५० हजार प्राप्त गरिन् । सशस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठले १ घण्टा २६ मिनेट २७ सेकेण्डमा दुरी पूरा गर्दै नगद १ लाख प्राप्त गरीन् । नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानले १ घण्टा २६ मिनेट ४९ सेकेण्डको समयमा पूरा गर्दै तेस्रो स्थानमा रहिन् । उनले नगद ७५ हजार रुपैयाँ प्राप्त गरिन् ।

म्याराथनमा १६ देशका २९ विदेशीसहित करिब २ सय धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।

म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धामा लम्जुङका रामजी बस्नेत पहिलो, गोखराका निरज भट्ट क्षेत्री दोस्रो, गोरखाकै श्याम मगराती तेस्रो र कास्की अन्नपूर्ण गाँउपालिकाका सरोज शर्मा चौथो भए । उनीहरुले क्रमस ५०, ३०, २० र १० हजार नगद प्राप्त गरे । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया