आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
दाङ - लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गर्नुभएको छ।
मुख्यमन्त्री लीला गिरीले हिजाे मन्त्री नियुक्त गर्नु भएका अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज सोमवार प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउनु भएकाे हाे ।
यसअघि गएकाे माघ २८ गते कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका एमालेका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै अहिरलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।