आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
दाङ – दाङमा रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालीले आफ्ना व्यवसायीहरूलाई चिट्ठा प्रणालीबाट नयाँ बस उपहार प्रदान गरेको छ । दाङको तुलसीपुरमा दुई जनाले आज मङ्गलवार चिट्ठामा नयाँ बस जितेका हुन् ।
लाखौँ मूल्य पर्ने नयाँ बस बाँकेको राप्ती सोनारी गाउँपालिका २ का विशाल चन्द र दाङको बबई गाउँपालिका ७ मलैका विष्णु पुनले चिट्ठामार्फत जितेका हुन् । दुवै जना राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालीमा आबद्ध गाडी धनीहरू हुन् ।
त्रिशिद्धेश्वरी यातायात प्रालीले आफ्नो संस्थामा आबद्ध झन्डै छ सय जना गाडी धनीका लागि भाग्यशाली चिट्ठा कार्यक्रम आयोजना गरेको हाे । चिट्ठा परेको बसकाे बारेमा दुवै जनाले आपसी सल्लाह गरेर अगाडि बढ्ने भएका छन् ।
चन्द र पुन दुवै जनाकाे बस त्रिशिद्धेश्वरी यातायात प्रालिमा आबद्ध रही सञ्चालन हुँदै आएका छन् । नेपाल प्रहरीका सहायक हवल्दार समेत रहेका चन्द अहिले तुलसीपुरकाे बसपार्क काउन्टरमा कार्यरत हुनुहुन्छ । उहाँले २०७२ सालमा ना ४ ख ७७२५ नम्बरको बस किन्नुभएकाे थियाे । त्याे बस अहिले पनि दाङ–सल्यान–रुकुमसम्म सञ्चालन हुँदै आएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।