हिमाल अस्पतालमा पीडित पक्षको धर्ना, आकस्मिकबाहेकका सबै सेवा प्रभावित

 फागुन १०, २०७९ बुधबार १३:२४:२८ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको नक्सालमा रहेकाे हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ ।

बालिका प्रशंसा गौतमको न्यायका लागि भन्दै पीडित पक्षले बुधबार अस्पताल भित्रै चर्का नाराबाजीसहित धर्ना दिएपछि त्यस अस्पतालको आकस्मिक बाहेकका सबै सेवा प्रभावित भएको हो । मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डाक्टर जयदेव यादवसँग मंगलवार (हिजो)पत्रकार सम्मेलन गरी उचित क्षतिपूर्तिको माग गरेका थिए ।

आज पीडित पक्षले अस्पताल व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गर्दै धर्ना दिईरहेका छन भने चिकित्सक यादवमाथि आक्रोशित हुँदै छानबिन गरी कडा कारबाही गर्न पनि माग गरिरहेका छन । उनीहरुले ‘मान्छे मार्न पाईदैन्’ ‘ज्यानमारा चिकित्सक चाहिँदैन्’ भन्नेजस्ता चर्का नाराबाजी लगाउँदै सो अस्पतालको मुख्यगेटमा समेत ताला लगाईदिएका छन्।

पीडित पक्षले अस्पताल व्यवस्थापनले तत्काल आफूहरुको माग सम्बोधन नगरे अस्पतालमा तोडफोडसमेत गर्न बाध्य हुने चेतावनी दिएका छन् । गएकाे माघ २३ गते सामान्य रुघाखोकी र ज्वरो आएकी बालिका प्रशंसालाई उनका बुवा गंगा गौतमले उपचारका लागि त्याे अस्पताल पुर्‍याएका थिए । तर अस्पतालमा कार्यरत चिकित्सक यादवले कुनै परीक्षण नगराई औषधि दिएको र बिरामी शिथिल भएपछि कान्ति बाल अस्पतालमा रिफर गर्दा पनि लेटरमा चिकित्सकको हस्ताक्षर समेत नगरेर लापरबाही गरेकाले उनको ज्यान गएको पीडित पक्षको आरोप छ ।

पीडित गौतमले चिकित्सक यादवको लाईसेन्स खारेज गर्न र आफूहरुलाई उचित क्षतिपूर्ति दिलाउन माग गर्दै गएकाे फागुन ८ गते नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ, प्रहरी परिसर टेकुमा पनि उजुरी दिएका छन् ।

प्रशंसाको १३ औं पुण्यतिथि सकिएपछि पीडित पक्षले अस्पताल परिसरमै धर्ना दिन सुरु गरेका हुन् । गौतमले न्यायका लागि अदालत पनि जान बाध्य हुने बताउनुभयाे । 

हेर्नुस् तस्बिरमा :

 

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया