पहिचान बोकेका सम्पदाहरुको बेहाल (फोटो फिचर)

 फागुन १३, २०७९ शनिबार ९:४९:९ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - मन्दिरै–मन्दिरको सहरको उपमाबाट चिनिएको काठमाण्डौ उपत्यकामा के–कति पुरातात्विक सम्पदा छन्, कति जोगिएका छन्, कति नासिए भन्ने विषयमा सम्बन्धित अधिकारीहरू नै बेखबर छन् । नेपाल पहिचानका अनेक आधारहरुमध्ये एक सांस्कृतिक सम्पदा पनि हो ।

सांस्कृतिक सम्पदाहरुले नै नेपालको आधा पहिचान बोकेको छ । नेपाली पहिचान झल्काउने सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने हो । देशको पहिचान बोक्ने सम्पदाहरुको नै संरक्षण भएन भने नेपालको मान र प्रतिष्ठा जोगिन कसरी सक्छ ? तर अवस्था त्यस्तो छैन । काठमाण्डौ उपत्यकाका प्रायजसाे सांस्कृतिक सम्पदाहरु जीर्ण र बेवारिसे छन् । कतै फोहरै फोहर त कतै पानी नआउने परम्परागत ढुङ्गे धाराहरुलाई संरक्षणको साटो बेन्चहरु राखेर छोपिएको छ ।

फुटपाथका पसलहरुले सम्पदा परिसर छपक्कै छोपिएको छ । सम्पदाका भित्तामा किला ठोकेर व्यापारका सामग्रीहरु झुन्ड्याइएको छ भने  सम्पदा वरपर सजावटका लागि राखिएका गमलाहरु फुटेर मानिसलाई गिज्याइरहँदा समेत त्यसको संरक्षण गर्न कोही जागरुक बनिरहेका छैनन् ।

नेपालको पहिचान दिने सम्पदाको पुनः निर्माण त परको कुरा भएका सम्पदाहरुको संरक्षण गर्न समेत सरकार लाचार छ । सम्पदा ढाक्नेगरी जताततै ढुङ्गा, बालुवा, गिटी थुपारिएको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी तस्बिरहरु ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया