असिना पानीले कतै फाइदा, कतै नोक्सानी

 फागुन १५, २०७९ सोमबार ८:६:१ | सागर राज तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै - लामो समयपछिको वर्षाका कारण हिउँदे बालीलाई फाइदा पुगेको छ । सुकेका बालीमा सिँचाइ भएको छ । यतिबेला गहुँ, आलु, तोरीलगायतका हिउँदे बालीमा सिँचाइको समय भएको थियो ।

सिँचाइ सुविधा नभएका ठाउँमा हिजोको वर्षाले राहत दिएको छ । तर, हिउँदे बालीलाई फाइदा पुगे पनि हिजो केही ठाउँमा परेको असिनापानीले फलफूल खेतीमा भने नोक्सानी पुर्याएको छ । यतिबेला सुन्तला, आरु, आरुबखडालगायत फलफूलको फूल र चिचिला लाग्ने समय हो । हिजोको असिनापानीले फूल र चिचिलामा नोक्सानी  गरेको छ।

पोखरामा फूल खेल्न लागेको सुन्तलाको पकेट क्षेत्रमा हिजोको असिना पानीले असर पुर्याएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । पोखरा २१ को फेदीपाटन, मासपाटन, पोखरेलथोक, दोपरे क्षेत्रमा सुन्तलाको उत्पादन राम्रो हुन्छ । पोखरामा १५० हेक्टर क्षेत्रमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया