इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला
असोज ९, २०८० मंगलबार
रुकुम पूर्व – रुकुम पूर्वमा आफैले सञ्चालन गरेको आरा मेशिनमा परेर एक जनाको ज्यान गएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका – १२ क्युबाङका कर्मधन पुनको मंगलबार राति ज्यान गएको हो ।
पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीका अनुसार मंगलबार राति करिब ८ बजेतिर आरा मेशिनमा परेर घाइते हुनुभएका पुनलाई उपचारका लागि रुकुम पूर्व अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।
आरा मेशिन दुर्घटनाको खबर लगत्तै आफूसहित गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा घटनास्थल पुगेको र गाउँपालिकाकै गाडीमा रुकुमकोटमा रहेकाे अस्पतालतिर लैजाने क्रममा उहाँको ज्यान गएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।