ओली सरकारले संघीयता विरोधी काम गर्‍याे : कांग्रेस नेता सिटौला

 असोज २७, २०७५ शनिबार १८:२७:४३ | जयनारायण यादव
unn.prixa.net

फाइल तस्बिर

बारा – नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् गृहमन्त्री कृष्णप्रसाद सिटौलाले ओली सरकार संघीयता विरोधी रहेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस बाराले शनिबार विपी स्मृति भवन कलैयामा आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा सिटौलाले ओली नेतृत्वको सरकारले दुई तिहाईको दम्भमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई लत्याएर संघीयता विरोधी काम गरेको आरोप लगाउनुभयो ।

सभामुख तथा उपसभामुख एउटै पार्टीको राख्न नपाइने संविधानमा प्रष्ट व्यवस्था भए पनि पार्टीको पूर्ण बहुमतको दम्भमा दुवै आफ्नै पार्टीका व्यक्ति राखेर संविधान विपरित कार्य गरेको उहाँले आरोप छ ।

देशको विकास तथा नागरिकको हितको काम छोडेर, बलात्कार, हत्या, हिंसा, बेरोजगारी, महंगी, कर वृद्धि लगायतकालाई केपी ओली सरकारले बढावा दिएको महामन्त्री सिटौलाले आरोप छ ।

स्वतन्त्र अदालतमाथि प्रहार, प्रहरी प्रशासनमाथि हस्तक्षेपलगायतका संघीयता विरोधी काम ओली सरकारले गरेको सिटौलाको आरोप छ । अपराधलाई नियन्त्रण गर्नुको साटो ओली नेतृत्वको सरकारले झन् बढावा दिएको सिटौलाले बताउनुभयो ।

प्रेस र पत्रकारमाथि अंकुश लगाई उनीहरुलाई तर्साएर आफू अनुकुल बनाउने खेलमा बामपन्थी सरकार लागेको पनि सिटौलाको आरोप छ ।

कञ्चनपुरको निर्मला पन्तको बलत्कारपछि हत्या गरेकोलाई ढाकछोप गर्न त्यसमा भएको सत्य प्रमाणसमेत ओली सरकारले मेटाएको कांग्रेसका महामन्त्री सिटौलाले आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया