भारतमा रेल दुर्घटना हुँदा १२ जनाको ज्यान गयो
माघ १०, २०८१ बिहिबार
बझाङ – बझाङकाे जयपृथ्वी नगरपालिका–१० चैनपुर घर भएका अर्जुनबहादुर सिंहले आफ्ना बुबाको सम्झनामा सदरमुकाम चैनपुरमा रहेको जिल्लाको सबैभन्दा पुरानो विद्यालय सत्यवादी मावीमा पुस्तकालय भवन निर्माण गर्नुभएकाे छ ।
एक तले भवनकाे निर्णमा सम्पन्न भएपछि शुक्रवार एक औपचारिक कार्यक्रम गरी सदरमुकामवासी सिंह परिवारले विद्यालयलाई भवन हस्तान्तरण गरेका छन् । स्वर्गीय बुबा ज्ञानबहादुरको सम्झनामा 'ज्ञानबहादुर सिंह स्मृति पुस्तकालय भवन' नामकरण गरी भवनको चाबी विद्यालयका प्रधानाध्यापक रामदत्त उपाध्यायलाई बुझाइएकाे छ । ज्ञानबहादुर त्यही विद्यालयका पूर्वशिक्षक पनि हुनुहुन्थ्याे । पुस्तकालय भवन ४१ लाख ७३ हजार रुपैयाँमा निर्माण भएकाे हाे ।
भवन हस्तान्तरण समारोहमा सिंह परिवारले विद्यालय स्थापना गर्न आफ्ना पुर्खा जयपृथ्वीबहादुर सिंहसहित बुबाबाजेहरूको ठूलो योगदान रहेकाले अहिलेको पुस्ताले पनि केही योगदान गर्नुपर्छ भनेर बुबाको सम्झनामा पुस्तकालय भवन निर्माण गरेकाे बताए ।
भवन निर्माणका लागि सिंह परिवारलाई धन्यवाद दिँदै विद्यालयका प्रधानाध्यापक उपाध्यायले पुस्तकालय भवनलाई ई–लाइब्रेरीका रूपमा उपयोग गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।