आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
काठमाण्डाै - अहिले बोटविरुवामा पालुवा पलाउने र फूल खेल्ने सिजन हो ।
गाउँठाउँमा मात्रै होइन, सहरमा कतैकतै देख्न पाइने बोटविरुवामा समेत हिजोआज पालुवा पलाएको र फूल फुलेको देख्न सकिन्छ । अनि घरैघरले भरिन लागे पनि काठमाण्डौका खाली फाँटमा तरकारी र बालीनालीको हरियाली देख्न सकिन्छ ।
असोजदेखि राम्रोसँग पानी नपरे पनि प्रकृतिले हरियाली कायम राख्ने छोडेको छैन । मौसम अनुकूल नभए पनि प्रकृतिले आफ्नो समयसँगै परिवर्तन हुने कर्तव्य भुलेको छैन । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका प्रकृतिका यी मनमोहक तस्बिर ।