मिथिलाञ्चलमा झिझियाको रौनक

 असोज २८, २०७५ आइतबार ११:११:१५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – यो वर्ष पनि तराई मधेशको क्षेत्रमा झिझियाका गीतहरु सुन्न थालिएको छ । 

प्रत्यक्ष रुपमा सुन्न पाइन्छ । प्रत्येक वर्ष असोज महिनाको शुक्लपक्षको प्रतिपदा अर्थात् घटस्थापनाको दिनदेखि ग्रामिण भेगकी युवतीहरु सामूहिक रुपमा यस्ता गीतहरु गाएर एक आपसमा मनोरञ्जन गर्ने गर्दछन् ।

दसैं लागेपछि देवी दुर्गाबाट पराजित भएका दुष्ट आत्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुःख दिनसक्ने परम्परागत विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीले रातिमा जाग्राम रही ग्राम देवता (ब्रह्म)लाई पुकार गर्दै गाउने गीत र नृत्यलाई झिझिया भनिने गरिएको छ । दसैं पर्व (नवरात्र) सुरु हुनासाथ यो गीत र नृत्य पनि प्ररम्भ हुन्छ, मिथिलाञ्चलमा ।

झिझिया नृत्यमा महिलाहरुले आ–आफनो टाउकोमा असंख्य स–साना प्वाल पारिएको माटोको गाग्रो (घैंटो) भित्र बत्ती बालेर एकजनाले फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउँदै यो नृत्यको आनन्द लिने गरिएको गौशालाकी कविता कुमारी सिंहले बताउनुभयो । 

यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरी बुहारीले नअँगालेपछि यो लोप हुने स्थितिमा पुगेको सोनमा गााउँपालिकाका शिक्षक धर्मेन्द्र कुमार यादवले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया