नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
काठमाण्डाै - काठमाण्डौसहित पहाडी र तराईका एक/दुई ठाउँमा आज पनि पानी पर्ने अनुमान गरिएको छ।
स्थानीय वायुको प्रभावका कारण आज पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार प्रि-मनसुनको समयमा स्थानीय वायुको प्रभाव दिउँसो पछि बढी सक्रिय हुन्छ । यही कारण दिउँसो पछि मेघगर्जन र चट्याङ पर्ने सम्भावना धेरै हुन्छ।
आज विशेषगरी काठमाण्डौ उपत्यका र पहाडी जिल्लासहित पश्चिम तराईका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ । हिजो बेलुका काठमाण्डौ उपत्यका र आसपाससहित पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि परेको थियो।
अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मौसम खुल्दै गएर दिउँसो केहीबेर घाम लागे पनि दिउँसो पछि फेरि बदली भइ हल्का वर्षा हुने मौसमविद्ले बताएका छन् ।