भारत १ सय १७ रनमै अलआउट, मिचेल स्टार्कले ५ विकेट लिए

 चैत ५, २०७९ आइतबार १६:३८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – अस्ट्रेलियासँगकाे दाेस्राे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय १७ रनमै अलआउट भएकाे छ । 

विशाखापटनममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारत २६ ओभरमा १ सय १७ रन बनाउँदा अलआउट भएकाे हाे । भारतका लागि विराट काेहलीले सर्वाधिक ३१ रन बनाए । यस्तै अक्षर पटेलले नटआउट २९ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । यस्तै सेन एबटले ३ र नाथन इलिसले २ विकेट लिए । 

भारत र अस्ट्रेलियाबीच ३ खेलकाे एकदिवसीय शृङ्खला भइरहेकाे हाे । पहिलाे खेलमा भारत ५ विकेटले विजयी भएकाे थियाे । तेस्राे तथा अन्तिम खेल आउँदाे बुधवार चेन्नईमा हुँदैछ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया