मन्त्री किरातीको शब्दमा 'पहराकी फूल'

 चैत ५, २०७९ आइतबार १९:५५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको शब्दमा 'पहराकी फूल' गीत सार्वजनिक भएको छ ।

आइतवार काठमाण्डाैमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ठूलो बलिदानबाट गणतन्त्र ल्याइएको भए पनि समाजको जराभित्र गणतन्त्रको संस्कृति बस्न नसकेको बताउनुभयो । उहाँले आफू मन्त्री भएको ६२ दिन भएको भए पनि उल्लेख्य काम गर्न अझै नसकिरहेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले गीत धेरै नै राम्रो रहेको प्रतिक्रिया दिए । उनले आफूले भोगेको समयलाई गीतमार्फत छोटो समयमा देखाएको बताए । यस्तै गीतका निर्देशक शान्तिराम राईले चुनावअघिदेखि गीत सुरु गरे पनि आज आएर गीत सार्वजनिक गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरे । 

गीतमा रुपकुमार राईको स्वर रहेको छ । भिडियोमा राईसँगै वेदना राई र मनिता जैसा वान्तवाको अभिनय रहेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया