नेपालमा सङ्घीयता नौलो कुरा होइन : सीके राउत

 चैत ६, २०७९ सोमबार १६:१५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको छ ।

आज सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सङ्घीयता नौलो कुरा नरहेको उल्लेख गर्नुभयाे । नेपालमा बाइसे, चौबिसे राज्य भनेको सङ्घीयता नै रहेकाेले पछिल्लो समय त्यसलाई नै पुनःस्थापित गर्न प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण भूमिका खेलेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ भनेझैँ प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यत्रो सङ्घर्ष गरेर सङ्घीयता ल्याउनुभएको छ । सङ्घीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन, पहिला पनि बाइसे, चौबिसे राज्यहरू नेपालमा थिए । त्यो भनेको सङ्घीयता नै हो । तर त्यसलाई पुनःस्थापित गर्न प्रधानमन्त्री दाहालले धेरै नै भूमिका खेल्नुभएको छ । यो कुरालाई नकार्न सकिँदैन । त्यसैले हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छ ।’

अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरू आउँदा दिनमा समेट्दै लैजानुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया