तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० गते नै उपचुनाव हुने

 चैत ६, २०७९ सोमबार १६:३५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तनहुँको क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा पनि वैशाख १० गते नै उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको आज साेमवार बसेको बैठकले तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपचुनाव गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगले यसअघि नै चितवन–२ मा वैशाख १० गते उपचुनाव गर्ने निर्णय गरिसकेको छ । तनहुँ–१ विजयी सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकोले त्यहाँ रिक्त पदमा उपचुनाव हुन लागेको हो । यस्तै बारा–२ का निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै त्यहाँ पनि उपचुनाव हुन लागेको हो ।

संविधानअनुसार प्रतिनिधि सभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएमा पद रिक्त हुने र उपचुनाव गर्नुपर्ने व्यवस्था छ । यस्तै नागरिकता प्रकरणमा सर्वोच्च अदालतको निर्णयअनुसार रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन–२ मा पनि उपचुनाव हुन लागेको हो ।

निर्वाचन आयोगले तनहुँ–१ र बारा–२ मा पनि यसअघि चितवन–२ का लागि स्वीकृत कार्ययोजनाअनुसार नै चुनावको प्रक्रिया अघि बढाउने भएको छ । यसअघि सार्वजनिक कार्यक्रमअनुसार चैत ८ देखि १२ गतेसम्म दल दर्ता, १६ गते मतदाता नामावली प्रकाशन, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । वैशाख १० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया