सरकार बनाउने र भत्काउने खेलले देश समृद्ध बन्दैन : अध्यक्ष केसी

 चैत ६, २०७९ सोमबार १६:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताउनुभएको छ ।

आज सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष केसीले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यही प्रणाली चलाउन नै नसक्ने भएको बताउनुभयो । उहाँले सरकार संसद्को ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु लाजमर्दाे रहेको टिप्पणी गर्नुभयाे । उहाँले सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने बताउनुभयाे । 

उहाँले भन्नुभयो, ‘दुई महिनाअघि सबैले विश्वासको मत दिने हुटहुटी थियो । आज फेरि यस्तै छ । यसमा हामीलाई नागरिकले के भन्ने हुन् ? अचम्म लागेको छ । हाम्रो निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने स्थिति देखिँदैन । सरकार भत्काउने, बनाउने देखिएको छ । अब पनि यही हो । संसदीय प्रणालीलाई स्वीकार गरेका छौँ तर चलाउनै नसक्ने भयौँ । संसदभित्र भएको ठूलो पार्टीले सरकार बनाउनुपर्ने हो कि होइन, पहिलोले नसकेपछि दोस्रो पार्टीले बनाउने होइन ? तर तेस्रो पार्टीलाई समात्दै हिँड्ने ? नागरिकलाई के भन्नुहुन्छ ? हाम्रो लडाइँ यसपछि यो, यसपछि यसको सरकार बनाउने र गिराउने भन्ने खेती भएको छ । यसबाट लोकतन्त्र र गणतन्त्र जोगिन्छ ? नागरिकलाई आश्वासन दिलाउन सक्नुहुन्छ ?’ 

अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताउनुभयो । आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया