पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला
जेठ १५, २०८० सोमबार
बर्दिया – बर्दियाकाे मधुवन नगरपालिकामा पाटेबाघको आक्रमणबाट साेमवार दिउँसो दुई जना महिलाको ज्यान गएकाे छ । मधुवन नगरपालिका ५ काे चिराैति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटेबाघको आक्रमणबाट मधुवन ५ की ५० वर्षिया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढा क्षेत्रीकाे ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक प्रमुख दाेर्ण शर्माले जानकारी दिनुभयो ।
आज (साेमवार) बिहान घाँस काट्न सामुदायिक वनमा गएका उनीहरू अबेरसम्म पनि नफर्किएपछि खाेजी गर्ने क्रममा बाघको आक्रमणबाट ज्यान गएकाे अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
पाटेबाघको आक्रमणबाट बर्दिया, बाँके र कैलालीमा झन्डै चार वर्षको अवधिमा अहिलेसम्म ३५ जनाकाे ज्यान गएकाे राष्ट्रिय प्रकृति संरक्षण काेष बर्दियाका प्रमुख डा. रबिन कडरियाले जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वन, बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनका साथै बर्दिया, बाँके र कैलालीका राष्ट्रिय वन तथा सामुदायिक वनमा पाटेबाघकाे आक्रमणबाट ३५ जनाको ज्यान गएकाे उहाँले बताउनुभयो ।
निकुञ्ज र राष्ट्रिय वनमा गरी सबैभन्दा धेरै बर्दियामा २७ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् । बाँकेमा निकुञ्ज र राष्ट्रिय वनमा सात जना, कैलालीमा सामुदायिक वनमा एक जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण काेष बर्दियाका प्रमुख कडरियाका अनुसार पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १५ जना, बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा तीन जनाकाे ज्यान गएको छ ।
यस्तै बर्दियाकाे राष्ट्रिय वन र सामुदायिक वनमा १२ जना, बाँकेकाे राष्ट्रिय वन र सामुदायिक वनमा चार जना, कैलालीकाे सामुदायिक वनमा एक जनाकाे ज्यान गएकाे छ ।
गएकाे वर्षदेखि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण काेषलगायतका विभिन्न संस्थाले निकुञ्जकाे मध्यवर्ती क्षेत्र आसपासका स्थानीयहरूका लागि मानवीय व्यवहार परिवर्तन विषयक अभियान सुरु गरेपछि निकुञ्ज र सामुदायिक वनभित्र प्रवेश गर्ने क्रम घटेसँगै बाघ आक्रमणका घटना पनि कम भएको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने राष्ट्रिय वन र सामुदायिक वन आसपासका क्षेत्रमा स्थानीयहरू घाँस, दाउरा लिन जाने क्रममा बाघ आक्रमणका घटना हुने गरेको प्रहरीले जनाएको छ ।
यसैबीच बर्दिया क्षेत्र नम्बर २ काे १ का लुम्बिनी प्रदेश सासंद जन्मजय तिमिल्सिना र मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बाघ आक्रमणबाट साेमवार दिउँसो दुई जना महिलाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै मान्छे मार्ने बाघलाई तत्काल नियन्त्रणमा लिन र बाघ आक्रमणका घटना राेक्न विशेष अभियान चलाउन आग्रह गर्नुभएको छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।
Sk
March 21, 2023, 11:31 a.m.Yo ban jangal balera yo bagh palera kam chhaina yo army police lai hamro desko simana ma lager rakha nepal sarkar timi sasak haru ko aali kati dimak chha vane