पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला
जेठ १५, २०८० सोमबार
लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडारमा रहेको भक्ति आदर्श बहुमुखी क्याम्पसमा स्ववियु सभापतिहरूले आलोपालो अध्यक्षता गर्ने सहमति भएको छ । आइतवार भएको स्ववियु चुनावमा सभापतिका उम्मेदवार नेविसङ्घकी स्वस्तिका चिलवाल र अनेरास्ववियुकी मिना घलेको बराबर मत आएसँगै क्याम्पसमा स्ववियु सभापतिको अध्यक्षता आलोपालो गर्ने सहमति भएको हो ।
सोमवारको क्याम्पस निर्वाचन मण्डलका साथै सर्वदलीय बैठकबाट यस्तो सहमति भएको भक्ति आदर्श क्याम्पसका व्यवस्थापन सङ्काय प्रमुख एवम् निर्वाचन मण्डलका सदस्य राजु केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावमा क्याम्पसमा १ सय ३७ मत खसेकाेमा सभापतिका दुवै उम्मेदवारले बराबर ६७/६७ मत प्राप्त गर्नुभएको थियो ।
अब दुवै जनाले पालैपालो बैठक तथा कार्यक्रमको अध्यक्षता गर्नेछन् । क्याम्पसले स्ववियुसँगको बैठक, कार्यक्रममा दुवै जनालाई समानरूपमा समेट्ने पनि सहमति गरेको छ ।
पहिलो बैठकको अध्यक्षता नेविसङ्घले गर्ने निर्णय भएको छ । यस क्याम्पसमा भएको चुनावमा सचिवमा नेविसङ्घकी सुमित्रा बगाले, कोषाध्यक्षमा अनेरास्ववियुकी सुस्मिता सापकोटा, सदस्यहरूमा नेविसङ्घकै अन्तिम गुरुङ, अप्सरा नेपाली, इशा गुरुङ र सोनिशा कार्की निर्वाचित हुनुभएको छ ।
यस्तै समानुपातिकतर्फ नेविसङ्घले तीन र अनेरास्ववियुले एक सदस्य पाउनेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।