सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

 चैत ७, २०७९ मंगलबार ११:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया