नियन्त्रणमा लिएकाे तरकारी कुहिएकाे भन्दै किसानद्वारा कलैया उपमहानगर कार्यालय घेराउ

 चैत ७, २०७९ मंगलबार १३:४:१७ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराका किसानहरुले आज कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। करिब एक सयको सङ्ख्यामा रहेका किसानहरुले आज बिहान ११ बजेदेखि उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

कलैया बजारमा किसानलाई सेड उपलब्ध गराउन र उपमहानगरपालिकाले जफत गरेको तरकारीको क्षतिपूर्तिको माग गर्दै किसानहरुले उपमहानगरपालिका कार्यालय घेराउ गरेका हुन्।

सेड नपाएर आफूहरुले कलैया बजारमा बेच्न राखेको हरियो सागसब्जी र तरकारी नगर प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरमा राख्दा कुहिएकाले उचित क्षतिपूर्ति दिनु पर्ने कलैया उपमहानगरपालिका–८ का किसान रोहित चौरसियाले बताउनु भयाे । 

नगर प्रहरीले गएको चैत्र ३ गते करिब ५० जनाभन्दा बढी किसानको तरकारी नियन्त्रणमा लिएको थियो । कलैयाको खप्परताता, विश्वम्भरपुर, शीतलपुर, बरेवा लगायत गाउँका किसानहरूले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया