बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !
जेठ २३, २०८० मंगलबार
गुल्मी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई गृह पालिका चन्द्रकोटले सम्मान गर्ने भएको छ । गुल्मीकाे चन्द्रकोट गाउँपालिकामा जन्मिएका क्रिकेटर कामीलाई पालिकाले ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयाे ।
नेपाल एकदिवसीय विश्व कपकाे क्वालिफायरमा पुग्दा क्रिकेटर कामी टाेलीकाे सदस्य थिए । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरी गुल्मी जिल्ला र चन्द्रकोट गाउँपालिकाको गौरव बढाएको भन्दै क्रिकेटर कामीलाई थप हौसला प्रदान गर्न पालिकाबाट सम्मान गर्न लागिएको चन्द्रकोटका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो ।
अहिले कामी प्रशिक्षणमा रहेका हुँदा उपयुक्त समय निकालेर उनकाे उपस्थितिमा एक कार्यक्रमका आयाेजना गरेर सम्मान गरिने गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयाे ।
त्यसैगरी यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्व कप छनाेटमा पुर्याउन सफल भएका छत्रकोट गाउँपालिका ५ मानकोटका अर्जुन कुमाललाई पनि गाउँपालिकाले सम्मान गरेको छ । उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयाे ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
Nirmal khatri
March 24, 2023, 9:39 a.m.Good job