बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !
जेठ २३, २०८० मंगलबार
काठमाण्डाै – नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाइएको छ । अघिल्ला वर्षहरूमा झैँ यस वर्ष पनि नेपाली सेनाले काठमाण्डाैमा रहेकाे सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो ।
घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मन्त्रीहरू, कर्मचारी प्रशासनका पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशलहरु प्रस्तुत गरेको थियो । साथै समारोहमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
तस्बिर : नेपाली सेना, रासस