आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
दाङ - दाङकाे घोराहीमा रहेकाे महेन्द्र बहुमुखी क्याम्पसको सभापतिमा नेविसङ्घ विजयी भएकाे छ।
क्याम्पसकाे स्ववियु सभापतिमा अखिलका हिमाल महरालाई हराउँदै नेविसङ्घका मनोज डीसी निर्वाचित हुनुभएकाे हाे। डीसीले १ हजार ९६ मत पाउनु भएकाे छ भने महराले ६ सय २० मत प्राप्त गर्नुभएको छ।
क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटाैँले तालमेल गरेका थिए ।
सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसङ्घका वसन्त भण्डारी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५ सय ८३ मत प्राप्त गर्नुभएकाे छ । कोषाध्यक्षमा पनि नेविसङ्घकै ममता केसी ९ सय ९६ मतसहित विजयी हुनुभएको छ भने पराजित अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत पाउनु भएकाे छ।
चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने कार्यतालिका रहे पनि विप्लव निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते हिजाे महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु चुनाव भएको हाे।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।