आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा देशमा अस्थिरता देखिएकाे बताउनुभएको छ ।
प्रेस चाैतारी दाङले आज बिहीवार घाेराहीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै महासचिव पाेखरेलले देशमा स्थिरताका लागि पनि तत्काल १० दलीय सत्ता गठबन्धन भत्काउन एमाले नलाग्ने जिकिर गर्नुभयाे । १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको उहाँकाे भनाइ थियाे ।
उहाँले भन्नुभयाे, ´हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरकारले देश र नागरिकका पक्षमा काम गरेमा हामी साथ दिन्छौँ । फेरि सरकारमा पुग्न गठबन्धन भत्काउने सोच राख्दैनौँ ।सरकारले देश र नागरिकभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधी गतिविधि गरेमा एमालेले सधै विरोध गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बाेल्दै महासचिव पाेखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहित स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्ने र नागरिकका सरोकारका विषयमा खबरदारी गर्ने बताउनुभयो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।