ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा सुदूरपश्चिमकाे विजयी सुरुवात

 चैत ९, २०७९ बिहिबार १४:४२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिमले विजयी सुरुवात गरेकाे छ । प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमले आयोजक ललितपुर मेयर्स–११ लाई ५० रनकाे फराकिलाे अन्तरले हरायाे ।

सुदूरपश्चिमले दिएकाे १ सय ३८ रनकाे लक्ष्य पछ्याएकाे ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रनमात्र बनाउन सक्याे । ललितपुरका लागि लक्ष्मी चाैधरीले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी ऋतु कनाैजियाले २ विकेट लिइन् । ललितपुरका ५ जना खेलाडी रनआउट भए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ रन बनायाे । सुदूरपश्चिमका लागि सम्झना खड्काले नटआउट ५१ रन बनाइन् । बलिङतर्फ ललितपुरकी कृतिका मरासिनीले २ विकेट लिइन् ।

तस्राे संस्करणकाे प्रतियाेगितामा आयाेजक ललितपुर मेयर्स–११ सहित सुदूरपश्चिम, सशस्त्र प्रहरीकाे एपीएफ क्लब, मधेस प्रदेश, कोशी प्रदेश गरी पाँच वटा टिमकाे सहभागिता छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया