दाङमा आजदेखि सार्वजनिक विद्युतीय गाडी सञ्चालनमा

 चैत १०, २०७९ शुक्रबार १८:३३:१२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा आज शुक्रवारदेखि पहिलो पटक सार्वजनिक विद्युतीय गाडी सञ्चालनमा आएको छ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि दाङले विद्युतीय गाडी सञ्चालनमा ल्याएको अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।

पहिलो चरणमा गाडी दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जसम्म चल्नेछ । अहिले एउटा गाडीले मात्रै सेवा दिने र समयपछि अन्य गाडी थप गर्ने तयारी रहेको हमालको भनाइ  छ ।

१३ जना यात्रु क्षमता भएको गाडीकाे भाडा पाँच सय रुपैयाँ तय गरिएको छ । याे गाडी तुलसीपुरबाट बिहान ९ बजेर ५० मिनेटमा नेपालगञ्जका लागि छुट्ने र दिउँसाे ३ बजे नेपालगञ्जबाट फर्किनेछ ।

इन्धन विदेशबाट आउने तर विद्युत् आफ्नै देशमा उत्पादन हुने भएकाले नेपाली पैसा नेपालमै सदुपयोग हुने भएकाले यस्तो गाडी भित्र्याएको गाडी धनी विमल पाैडेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया