बेलारुसमा अलपत्र ९ नेपाली महिलालाई स्वदेश फर्काइयो

 चैत १०, २०७९ शुक्रबार १६:३९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै –  बेलारुसमा अलपत्र नाै जना नेपाली महिलालाई स्वदेश फर्काइएको छ । आज शुक्रवार उनीहरूलाई नेपाल फर्काइएको हो ।

नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई रहेका छन् । उनीहरूलाई नेपाल फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले स्वदेश फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले विदेशमा पुर्‍याई अलपत्र बनाउनेहरूलाई सरकारले कारबाही गर्ने आश्वासन दिनुभयो । 

त्यस्तै स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको र पीडा दिने गरेको बताउनुभयो । उहाँले नेपालबाट जाँदा एजेन्टहरूले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ दैनिक पाउने गरेको बताउनुभयो । 

पीडित नाै जना महिलालाई विभिन्न सङ्घ–संस्थाहरूको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरू टिकटक लाइभमा आएर स्वदेश फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया