बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !
जेठ २३, २०८० मंगलबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताउनुभएको छ ।
पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी) को तेस्रो केन्द्रीय कमिटी बैठक एवम् प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकार बनाउनमात्र नभई नागरिकका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
विगतमा दुई तिहाइको सरकार पनि वैचारिक मतभेदका कारण जनादेशअनुसार टिक्न नसकेको उल्लेख गर्दै उहाँले यो गठबन्धनले सही सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने हुँदा गठबन्धन भत्किने सम्भावना नरहेको जिकिर गर्नुभयाे ।
अध्यक्ष नेपालले देशमा बढ्दै गएको आयात न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै आयात र निर्यातको ठूलो असन्तुलनलाई कसरी कम गर्ने भन्ने अहिलेको प्रमुख चुनौती रहेको विचार व्यक्त गर्नुभयो । उहाँले आउँदाे पालिका चुनावलाई लक्ष्य गरी जनसङ्गठन विस्तार गर्न निर्देशन दिनुभयो ।