बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !
जेठ २३, २०८० मंगलबार
काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले लगातार दाेस्राे जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराउँदै एपीएफले लगातार दाेस्राे जित निकालेकाे हाे ।
एपीएफले दिएकाे १ सय २२ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्याे । सुदूरपश्चिमका लागि कविता कुँवरले ५१ र कविता जाेशीले नटआउट २६ रन बनाइन् । बलिङतर्फ एपीएफकी सुमना विष्टले २ विकेट लिइन् ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय २१ रन बनायाे । एपीएफका लागि सीता रानामगरले नटआउट ५२ र इन्दु बर्माले ४५ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी ईश्वरी विष्टले १ विकेट लिइन् ।
याे जितसँगै एपीएफ ४ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । सुदूरपश्चिम २ अङ्कसहित तेस्राे स्थानमा छ ।
आज नै भएकाे अर्काे खेलमा ललितपुर मेयर्स–११ लाई हराउँदै काेशी प्रदेशले प्रतियाेगितामा विजयी सुरुवात गरेकाे छ । काेशीले ललितपुरलाई ७ विकेटले हरायाे ।
ललितपुरले दिएकाे ६६ रनकाे सामान्य लक्ष्य काेशीले १२ ओभरमा ३ विकेट गुमाएर ४८ बलअघि नै भेटायाे । काेशीका लागि अप्सरी बेगमले २९ रन बनाइन् । बलिङतर्फ ललितपुरकी अस्मिना कर्माचार्यले २ विकेट लिइन् ।
याे जितसँगै काेशी २ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । अङ्कविहीन ललितपुर चाैथाे स्थानमा छ ।
तेस्राे संस्करणकाे प्रतियाेगितामा आयाेजक ललितपुर मेयर्स–११ सहित सुदूरपश्चिम, सशस्त्र प्रहरीकाे एपीएफ क्लब, मधेस प्रदेश, कोशी प्रदेश गरी पाँच वटा टिमकाे सहभागिता छ ।