सत्तारूढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो : विष्णु पाैडेल

 चैत १०, २०७९ शुक्रबार १८:५२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारूढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ । 

शुक्रवार जनकपुरधाममा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष पाैडेलले सत्तारूढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले देशको कुनै पनि समस्या समाधान गर्न नसक्ने पनि बताउनुभयो । सत्तारूढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र नागरिककाे समस्या समाधान गर्नै नसक्ने उहाँकाे तर्क थियो ।

उहाँले भन्नुभयो, ‘यो सरकारले नागरिकका समस्या समाधान गर्न सक्ने छैन । राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान पनि छैन । तपाईँहरूले देखिरहनुभएको छ– जम्माजम्मी गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने  ? सरकारमा कसरी पुग्ने चिन्ता थियो, अब सरकार कसरी टिकाउने भन्ने छ । योभन्दा अर्को चिन्ता गठबन्धनसँग कुनै छैन । यस कारणले यो गठबन्धनले देश र नागरिकका समस्या समाधान गर्न सक्दैन । सत्तारूढ गठबन्धन अन्तरविरोधग्रस्त बनिसकेको छ । मन्त्रालयको बाँडफाँट गर्न नसक्ने अवस्थामा यो गठबन्धन पुगिसकेको छ ।’

निवर्तमान उपप्रधान एवम् अर्थ मन्त्रीसमेत रहनुभएका पाैडेलले देशकाे अर्थतन्त्र धरापमा परेको पनि बताउनुभयाे । उहाँले राजस्वले देशको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भीर नभएको आरोपसमेत लगाउनुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया