मुडुखु नाकाबाट ओखरपौवासम्म फोहर बोक्ने गाडीलाई टाइमकार्ड

 चैत ११, २०७९ शनिबार १५:१३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डाैकाे मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहर बोक्ने गाडीलाई आज शनिवारदेखि टाइमकार्ड लागू गरिएको छ । 

दुर्घटनाको जोखिम हुने गरी तीव्रगतिमा गाडी चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आएपछि काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डाै महानगरपालिकाको संयुक्त पहलमा फोहर बोक्ने गाडीमा आजदेखि टाइमकार्ड लागू गरिएको हो ।

मुडुखु नाकामा चालकलाई टाइमकार्ड दिइने र पालना भए/नभएको जाँच तीनपिप्ले र ओखरपौवा चेकपोष्टले गर्ने भएकाे छ । 

मुडुखुदेखि तीनपिप्लेसम्मको सडक खण्डमा प्रतिघण्टा ३० किलोमिटर र तीन पिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडक खण्डमा प्रतिघण्टा २० किलोमिटर गति निर्धारण गरिएको प्रहरीले जनाएकाे छ ।मुडुखुदेखि तीनपिप्लेसम्मको ५ किलोमिटर सडक खण्ड पार गर्न न्यूनतम १० मिनेट र तीन पिप्लेदेखि ओखरपौवासम्मको ८ किलोमिटर सडक खण्डमा न्यूततम २५ मिनेट समय निर्धारण गरिएको छ । 

तोकिएको ठाउँमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयाे । टाइमकार्डले आवागमन व्यवस्थापनको साथमा गन्तव्यमा छिटो पुग्नका लागि तीव्र गतिमा गाडी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वास लिइएकाे छ । 

सहज र सुरक्षित यात्राको लागि टाइमकार्डका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई भट्टकाे अनुरोध छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया