विद्यार्थीहरूले ‘अब खाडीमा भेटाैँला’ भन्नु सरकारप्रति भराेसा नहुनु हाे : अनिता देवकाेटा

 चैत १२, २०७९ आइतबार १५:७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्न नहुने बताउनुभएको छ ।

आइतवारकाे राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकाेटाले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको बताउनुभयो । सरकारले नागरिकलाई केन्द्रविन्दुमा राखेर जनमुखी काम गर्नुपर्ने उहाँकाे सुझाव छ ।

बैठकमा बाेल्दै देवकाेटाले केही दिनअघि विद्यार्थीहरूले आफ्नो पाेसाकमा ‘अब खाडीमा भेटौँला’ भन्नेजस्ता शब्द राख्नु भनेको सरकारप्रति बालबालिकाहरूको भरोसा नरहेको स्पष्ट भएको बताउनुभयो । उहाँले युवाले ‘देशमा हाम्रो भविष्य छैन’ भन्ने सन्देश दिनु भनेको सरकारप्रति बालबालिकाहरूको भरोसा नहुनु रहेकोले सरकारले बेलैमा यी समस्याको सम्बोधन गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अबको सरकारले यो वा त्यो बहानामा चुक्ने छुट छैन । नागरिकलाई केन्द्रविन्दुमा राखेर सेवा दिने कुरामा अत्यन्त सजगताका साथ सरकार अघि बढ्नुपर्छ । बच्चाहरूले अब खाडीमा भेटौँला है भन्ने शब्द शर्टमा लेखेका छन्, यो नेतृत्वप्रतिको असन्तुष्टि, देशप्रति भरोसा नभएको कुरा, अब युवाले देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश हो । यो निराशाजनक छ, यसलाई समयमा नै सम्बोधन गर्नुपर्छ ।’ 

सांसद देवकोटाले नागरिकले पाउने सेवा सुविधाहरू नागरिक केन्द्रित हुनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया